गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेर स्वास्थ्य अवस्था अवलोकन गरे

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई केएमसी अस्पतालमा गएर भेटेका छन् । राति भएको भेटमा उनले घाइतेहरूको स्वास्थ्य स्थिति र उपचार प्रक्रियाबारे चिकित्सकहरूसँग जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । यसै अवसरमा मन्त्री गुरुङले डा. शर्मालाई निःशुल्क उपचारको लागी धन्यवाद व्यक्त गरेका छन् ।

यो कदमलाई सरकारी पक्षबाट आन्दोलनप्रतिको संवेदनशीलता र तत्काल सहयोगको संकेतको रूपमा लिएका छन् । घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य अवस्था अनुगमनले आगामी दिनमा समाजमा सरकारप्रतिको भरोसा पनि बलियो बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, यस भेटघाटले जेनजी आन्दोलनका कारण उत्पन्न सामाजिक तनाव व्यवस्थापनमा पनि सकारात्मक संकेत देखिएको छ ।