कम्युनिष्टले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन्ः अध्यक्ष नेपाल

काठमाडौँ —  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन्।

मंगलबार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन्।

उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको बताए। कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाएपनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको उल्लेख गरे। उनले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए। उनले नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरेपनि राम्रो काम गर्न नसकेको आरोप लगाए।

Ncell

उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याएको इतिहास रहेको बताए। अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे। उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे। उनले कम्युनिष्ट नेताले एक पटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताए। उनले कम्युनिष्ट पार्टीको नेताले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउन आवश्यक रहेको बताए।