११ एसएसपी डीआईजीमा बढुवा, कस्काे पदस्थापन कहाँ ?

काठमाडौँ —  नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ।

बढुवा हुनेहरूमा सुदर्शनप्रसाद खतिवडा, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ छन्। यस्तै, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि बढुवा भएका छन्।

प्रहरी प्रधान कार्यलयका अनुसार सुदर्शनप्रसाद खतिवडालाई लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौंमा पदस्थापन गरिएको छ भने विनोद घिमिरलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा पदस्थान गरिएको छ ।

Shivam Cement

यस्तै, दिपेन्द्र घर्तिक्षेत्री मानव बेचविखन अनुसन्धान ब्युरो, काठमाडौं, दीपक रेग्मी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय भैरहवा, रुपन्देही, माधवप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रहरी तालिम केनद्र बुटबल, रुपन्देही, दिलिप सिंह देउवा, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर, दिपककुमार बस्नेत नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेतमा पुगेका छन्।

यस्तै, प्रहरी प्रधान कार्यालयले ओमबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं, जयराज सापकोटालाई नेपाल प्रहरी कर्यालयन धरान, सुनसरी, संजिव शर्मा दासलाई नेपाली राजदूतावास (कान्सिलर) नयाँ दिल्ली र सुरेन्द्रबहादुर गुरुङलाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्सा पठाएको छ।