काठमाडौं — भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साक्षीले नै विशेष अदालतमा उल्टो बयान दिएपछि मुद्दा चलाइएको छ।
दुईजना खरिदार रतनबहादुर जीसी र हरिचन्द्र पाण्डेको घुस प्रकरण मुद्दामा अख्तियारले कोहलपुर नगरपालिकाका डम्मरबहादुर बुढाथोकीलाई आफ्नो साक्षीका रुपमा विशेष अदालतमा प्रस्तुत गरेको थियो। बुढाथोकीले नै खरिदारद्वयलाई घुस रकम दिएका थिए।
_gvisrZNAeA.gif)
बुढाथोकीले अख्तियार र अदालतमा बाझिनेगरी बयान बकपत्र गरेपछि भ्रष्टाचार मुद्दा लगाइएको छ। बुढाथोकीविरुद्ध जग्गाको मोठ भिडाउन सहजीकरणका निम्ति मिलेमतोमा खरिदारद्वय जीसी र पाण्डेलाई घुस खुवाएको आरोप छ।
अख्तियारले आफ्नो सहयोगीका लागि आरोपितलाई पनि मुद्दा नचलाई साक्षी राख्नसक्छ । बुढाथोकीलाई २० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा चलाएको छ।



