जेन–जी शहीदको सम्मानमा राष्ट्रिय शोक दिवस, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं—  गृह मन्त्रालयले जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै शहीदको सम्मानमा राष्ट्रिय शोक र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्।

शोक दिवसबारे आगामी मन्त्रिपरिषद्‌ले निर्णय गर्ने उनले बताएका छन्। त्यस्तै गृहमन्त्री अर्यालले आन्दोलनमा शहीदका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय गरेका छन्।

त्यस्तै मन्त्रालयले जेन–जी आन्दोलनका शहीदहरूको शवहरूको व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट शव पुर्‍याउने निर्णय गरेको छ।

त्यस्तै मन्त्रालयले जेन–जी आन्दोलनका शहीदहरूको शवहरूको व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट शव पुर्‍याउने निर्णय गरेको छ।