भैरहवा, — भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।
भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार साउन महिनामा रु ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा रु ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा रु ९ अर्ब २८ करोड ६७ लाख २० हजार राजस्व संकलन भएको हो ।
‘जेनजी’ आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण कार्यालय भवन क्षतिग्रस्त भएपछि केही समय त्रिपाल टाँगेर सेवा प्रवाह गरिएको थियो । हाल भने कार्यालयको सेवा नियमित रूपमा सञ्चालनमा आएको भन्सारले जनाएको छ ।



