राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता आएको उक्त अध्यादेशलाई मन्त्रिपरिषद्ले फेरि सिफारिस गर्ने निर्णय गरेको हो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले सो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। अब मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै उक्त अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पेश गरिने भएको छ।