प्रहरी महानिरीक्षक कार्की पदमुक्त, एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी

काठमाडौं – सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदमुक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको विवरण सार्वजनिक भएको छ।

केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्। मन्त्रिपरिषद् स्रोतका अनुसार उनलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय भएको हो।

यससँगै वर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको बताइएको छ। कार्कीलाई प्रहरी नेतृत्वबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको स्रोतको भनाइ छ।