कठोर बन्दै बालेन साह शिक्षा नितिमा

काठमाडौं, चैत २५ गते । बालेन्द्र साह अर्थात बालेन मेयर बनेपछि महानगरपालिकाको शिक्षाको क्षेत्रमा सुधार भएको । उनी मेयरमा निर्वाचन भएको करिब दुई वर्ष पुग्नै लाग्दा उनको चर्चा दिनप्रतिदिन चुलिएको छ । उनले अन्य क्षेत्रसँगै काठमाडौंको शिक्षा क्षेत्रमा सुधार गरेका छन् ।

मेयर साहले यतिबेला समुदाय विद्यालयको शिक्षा क्षेत्रमा एकप्रति अर्को गर्दै सुधार गर्दै लगेका छन् । किताबी ज्ञान भन्दा व्यवाहारिक ज्ञान धेरै महत्वपूर्ण हुने भन्दै काठमाडौंका सामुदायिक विद्यालयमा सिपमुलक कार्यक्रम पनि लागू गरेका छन् ।

त्यस्तै उनले निजी विद्यालयलाई पनि महानगरको नियम कानुनको परिधिमा ल्याउने तयारीमा छन् । महानगरको नियम कानुन नमान्ने विद्यालयलाई कारबाही गर्नबाट पछि नहट्ने मयर बालेनको अडान छ , त्यतिमा मात्र होईन महानगरमा अनियमता गर्ने कार्मचारीलाई पनि कारवाहीको दायरामा ल्याउने गरेका छन् ।

मेयर बालेन यतिबेला मिडिया र सार्वजनिक कार्यक्रमा बोल्नु भन्दापनि महानगरको कामकाजमै व्यस्त हुन्छन् । काठमाडौंमा बालेनले गरेका कामहरु धेरै छन् । उनको प्रभावकारी कामलाई देखेर बुढापाका देखि बालकसम्म बालेनकै प्रशंसा गर्छन् । बालेनले गरेका राम्रा काम मध्येको एउटा उदारणीय काम हो काठमाडौं महानगरको शिक्षा क्षेत्रको शुधारको अभियान ।

त्यस्तै काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयहरूले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने नियम बालेनले ल्याएका छन् । यो निर्णयले अहिले निजी तथा सामुदायक विद्यालयहरु ससंकित बनेका छन् । भिने त्यसैगरी निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले निर्णय नसच्याए आफूहरू आन्दोलनमा होमिन बाध्य हुने चेतावनी दिएका छन् । अहिलेसम्म बालेन्द्र साह उफ बालेन आफुले गरेका निर्णयहरुबाट कहिँलै पछि हटेका छैनन् । काठमाडौं भित्र करिब ७ सय निजी विद्यालय रहेका छन् ।

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । त्यस व्यवस्थामा टेकेर बालेनले सबै निजी विद्यालयको नाम मौलिकता झल्किने गरि नामकरण गर्न निर्देशन दिएका हुन् ।

त्यति मात्र होईन निजि अर्थात संस्थागत विद्यालयहरुले शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ बमोजिम पूर्व विदेशी नामबाट नामाकरण भएका विद्यालय पहिचान गरी औचित्यपूर्ण र सान्दर्भिक नदेखिएमा छ (६) महिनाभित्र अनिवार्य रुपमा नाम परिवर्तन गर्नुपर्ने व्यवस्था छ । तर बालेनले निजी विद्यालयहरुलाई एक हप्ताको समय दिएर नाम पुनः नामकरण गर्न चेतावनी दिएका छन् ।

विद्यालयको नाममा अन्तराष्ट्रिय  जोड्नका लागि क वर्गमा वर्गिकृत विद्यालय वा अन्तराष्ट्रिय गुणस्तर मापदण्ड प्राप्त भएको र भर्ना विद्यार्थी मध्ये कम्तिमा १% विद्यार्थी अन्य राष्ट्रको भर्ना भएको हुनुपर्ने व्यवस्था छ । त्यस्तै अन्तराष्ट्रिय विद्यालय हुनपनि विद्यार्थीको जम्मा संख्याको एक तिहाइ विदेशी विद्यार्थी हुनेपर्ने व्यवस्था छ । भने रष्ट्रिय विद्यालय हुनको लागि कुनैपनि विद्यालयमा विद्यार्थीको संख्या एक तिहाइ देशभरीको भू–भागबाट हुनुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै सामुदायी विद्यालय हुनलाई जति विद्यार्थी छन् त्यति विद्यार्थीको २५ प्रतिशत पूर्ण छात्रा वित्ती दिनुपर्ने व्यवस्था छ । जस्तै नियम १५१ को उप नियमा १ र २ बमोजिम गरीव, अपाङ्ग, महिला, दलित र जनजाति वद्याथी पर्छन् ।

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियमलाई पालना गर्दै काठमाडौं महानगरपालिकाले ७ दिन भित्र महानगरपालिकामा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि बढाउनु पर्ने व्यवस्था गरेको हो । यदि सात दिन भित्र महानगरमा सम्पर्क नगरि मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने र कानून बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइने, महानगर स्रोतले बताएको छ ।