विचार

फागुपूर्णिमा : जब इतिहास, आस्था र वसन्त एउटै रङमा घुल्छन्

काठमाडौं – जाडोको अन्तिम साससँगै जब पृथ्वीको मुहार फेरिन थाल्छ, जब रूखका नाङ्गा हाँगामा कोमल पालुवा टुसाउन थाल्छन् र हावामा अज्ञात उल्लास मिसिन थाल्छ, त्यही बेला फागुनको पूर्णिमा उदाउँछ ।