दक्षिण कोरियामा जहाज दुर्घटना मृत्यु हुनेकाे संख्या ४७ पुग्याे

काठमाडौँ —दक्षिण कोरियामा एयपाेर्टमै जहाज दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ४७ पुगेकाे छ। २ जनाकाे भने जीवितै उद्धार गरिएकाे छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार आइतबार बिहान जहाज दुर्घटनामा परेकाे हाे। थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ नम्बरकाे जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना परेकाे थियाे।

जहाज अवतरणका क्रममा धावनमार्ग बाहिरिँदै पर्खालमा ठोक्किएको थियो। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य रहेका थिए। उनीहरूकाे परिचय सार्वजनिक भएकाे छैन।

Laxmi sunrise bank 2034

जहाज के कारणले दुर्घटनामा परेकाे भन्ने खुलेकाे छैन।

दक्षिण कोरियमा हाल राजनीतिक संकट छ। काेरियाका राष्ट्रपति यून सुक यउल र त्यसपछि कार्यवहाक राष्ट्रपति बनेका प्रधानमन्त्री हान डक-सूमाथि महाभियोग  लगाइएकाे थियाे।  राजनीतिक संकट बेहाेरिरहेकाे काेरियामा एयरपोर्टमै जहाज दुर्घटनाले नागरिकलाई थप स्तब्ध बनाएकाे छ।

यही २५ डिसेम्बरका दिन अजरबैजानको एउटा यात्रुवाहक जहाज काजकिस्तानमा दुर्घटनामा पर्दा ३८ जनाकाे मृत्यु भएकाे थियाे।

 

Nabil bank