काठमाडौं — मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध बलात्कार आरोपमा मुद्दा दायर भएको छ । प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो । अहिराजले परिवर्तिन नाम २६ परिसर (३२) ०८२–०८३ लाई बलात्कार गरेको दाबी प्रहरीको छ ।
पीडितले २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ । साथै दफा २१९ कै उपदफा (३क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको छ ।
_gvisrZNAeA.gif)
यस्तो छ अहिराजको बयान
मेरो जाहेरवालाको नातेदार मार्फत् निजको आमासँग ६ वर्ष पहिला चिनजान भएको हो। त्यसपछि जाहेरवाला परिवर्तित नाम २६ परिसर (३२) ०८१।०८२ र निजको भाइसँग चिनजान भएको हो। पछि निज जाहेरवालाको आमाले जाहेरवालालाई काठमाडौंमा अध्ययन गराउन मसँग सहयोग मागिन् । मैंले निज जाहेरवालालाई काठमाडौं अनामनगरको गर्ल्स होस्टेलमा कुरा गरिदिए पछि जाहेरवाला उक्त होस्टलमा बस्न थालिन् ।
त्यसको केही वर्षपछि जाहेरवालाको आमाले जाहेरवालाको भाइलाई पनि काठमाडौंमा नै पढाउन पाए हुन्थ्यो भनि कुराकानी गर्ने क्रममा जाहेरवालाको आमा पनि काठमाडौंमा आई कुनै व्यवसाय गर्ने भनी सर सल्लाह गर्ने क्रममा काठमाडौंको भिमसेनगोलास्थित एउटा घर बहालमा लिई जाहेरवाला, निजको आमा र निजको भाइसमेत काठमाडौंको भिमसेनगोला स्थित कस्यप ब्वाईज होस्टेल संचालन गरी निजहरु पनि सोही भवनमा बस्न थाले ।
२०८० सालतिर निजको आमाले छोराछोरीलाई विदेश पठाउनु पर्ने पैसाको व्यवस्था कहि कतै भएन तपाईंले सके सापट नभए ऋण भए पनि खोजीदिन आग्रह गरिन् । त्यसको केही समयपछि निजकी आमाले अन्तबाट भए पनि ऋण खोजी दिन वा हाम्रो बिराटनगरको जग्गा किनिदिन वा बिक्री गराईदिन आग्रह गरेकी थिईन् । तर कुनै किसिमको सहयोग नपाउँदा रिसाएकी थिईन् ।
सो क्रममा जाहेरवालाको आमाले छोरा छोरीको शिक्षा र होष्टेल संचालनमा आउने समस्यामा मसँग कुराकानी गर्दथिन् । बेला बखतमा म पनि निजले बोलाउँदा निजको होस्टेलमा जाने गर्दथे। होस्टेल जाने क्रममा एकदिन जाहेरवाला, निजको आमा र निजको भाइ भएको बेलामा जाहेरवालाले म विदेश पढ्न जानुपर्यो, मलाई पैसा सापटी दिनु वा ऋण खोजिदिनु भन्दा निजको आमाले तिमी अध्ययनको तयारी गर सबै जनाले सकेको सहयोग गर्नेछौं भनि निजलाई आश्वासन दिएकी थिईन् । सोही क्रममा जाहेरवालाले मलाई पाईलट पढ्ने रहर भएको र सो को लागि लगभग रु.६०,००,०००।– (साठी लाख) लाग्ने भएकोले घरबाट बुवा आमाले ४० लाख दिने र मलाई पनि रु.२०,००,०००।– (बीस लाख) खोजिदिन आग्रह गरिन्।
मैंले पनि तिम्रो भिषा आएपछि तिमी विदेश जाने अवस्थामा आफूले सक्ने सहयोग गर्छु भनेर जाहेरवालाको हौसलालाई बलियो बनाउने काम गरेको थिएँ। तर पटक–पटक भिषाको लागि जाहेरवालाले गरेको प्रयासमा निज असफल भएपछि जाहेरवाला मानसिक तनाबबाट गुज्रिन थालिन् ।
निजको अन्य मानिससँग सम्वाद कुराकानी तथा व्यवहारमा समेत फरकपन आउन थाल्यो। घरभित्र पनि तनावको अवस्था निर्माण गरी बस्थिन् । जाहेरवालाको आमाले मलाई कहिलेकाही फोन गरेर जाहेरवालाको व्यवहार असुहाउँदो हुन थाल्यो। रात्रि क्लबहरु जान थालिन्। व्यवहार बिग्रियो मसँग पनि अस्वस्थ सम्वाद कुराकानी गर्न थालिन् भनेर गुनासो गर्न थालिन्।
जाहेरवाला रात्रिकालिन क्लबमा गएको कारण निज र निजको भाइसँग पनि हातपात भएको थियो। सो झगडा नगरी मिलेर बस्नको लागि निजको आमाको आग्रहमा म समेत गई छलफल गराएको हो ।



