यू–१९ महिल विश्वकप: नेपालमाथि स्टकल्यान्डको रोमाञ्चक जित

काठमाडौं — मलेसियामा जारी आईसिसी यू–१९ महिल टि–२० विश्वकपमा नेपालले लागतार दोस्रो हार व्यहोरेको छ। सोमबार मलेसियाको बांगीमा भएको ‘नेलबाइटिङ’ खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भयो।

यो नेपालको लगातार दोस्रो हार हो। यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। यो हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ। यता, स्टकल्यान्डको भने सुपर सिक्स सम्भावना बलियो बनेको छ।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा लक्ष्य भेट्टायो। उसलाई रोमाञ्चक जित दिलाउने क्रममा पिपा सोप्रुलले ४७ बलमा ३ चौका प्रहार गर्दै ३५ रन बनाइन्। यस्तै, नवौं नम्बरकी ब्याट्सम्यान ग्याब्रियला फोन्टेन्लाले १२ रन बनाइन्।

Laxmi sunrise bank 2034

बलिङमा नेपालका रचना चौधरी र सिमना केसीले समान २ विकेट लिए। नेपालले ३ रनआउट गरेको थियो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालको मध्य र तल्लो क्रम कोल्याप्स भएपछि नेपालले १८.५ ओभरमा ७३ रनमै अलआउट भएको थियो।

नेपालले उत्कृष्ट सुरुआत गरेको थियो। नेपालले पावर प्लेमा २ विकेटको क्षतिमा ३२ रन बनाएको थियो। त्यसपछि नेपाल १२ ओभरमा ५२–४को बलियो अवस्थामा थियो। तर, त्यसपछि थप २१ रन जोड्दा नेपालले ६ विकेट गुमाएको थियो।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ रन बनाइन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। यस्तै, सावित्री धामीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालका इनिङ धरासायी बनाउने क्रममा स्कटल्यान्डकी माइसी मासेइराले ३।५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन्। उनी जारी प्रतियोगितामा ‘फाइपर’ लिने पहिलो बलर बनेकी छिन्। यस्तै, नायमा सेइख र अमी बाल्डीले समान २ विकेट लिए।

अब समूहकाे अन्तिम खेलमा नेपालले बलियाे अष्ट्रेलियासँग खेल्ने छ भने स्कटल्यान्डले बंगलादेशसँग खेल्ने छ।