आइजिपीको फूली लगाएपछि थापाले भने ‘प्रहरी सुधार्न साइत कुरेर बस्दिनँ’

काठमाडौं — सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेको छ।

मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई आइजिपीको फूली लगाइदिएका हुन्। योसँगै उनले अब ३१ औं आइजिपीको जिम्मेवारी सम्हालेका छन्। आजै उनले प्रहरी प्रधान कार्यालयमा कार्यभार पनि सम्हालेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

Laxmi sunrise bank 2034

३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन्। प्रहरी प्रधान कार्यालय तथा गृहमन्त्रालयले उनलाई सोमबार नै बिदाई गरेको थियो।

कार्यभार सम्हाल्दै नवनियुक्त (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन्। उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताएका हुन्।

‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिनँ’ उनले भनेका छन् ‘प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन। सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’

साथै उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए।