प्रदीप नेपाल वामपन्थी आन्दोलनका प्रखर नेता: दाहाल

काठामडौं   — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

उनको निधनप्रति दु:ख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भनेका छन्,’नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दु:खद निधनले मर्माहत भएको छु।निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

Laxmi sunrise bank 2034

पूर्वमन्त्री समेत रहेका नेपालको केहीबेर अघि निधन भएको हो । पार्किन्सन रोगबाट पीडित नेपाल पछिल्लो समय निमोनियाबाट पनि पीडित थिए ।