प्रदीप नेपालको निधनले पीडाबोध भएको छ : प्रधानमन्त्री

काठामडौं   — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदीप नेपालको निधनले पीडाबोध भएको बताएका छन्।

‘एमाले निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्।’

Laxmi sunrise bank 2034

उनले नेपालको योगदानलाई सधैँ सम्झिरहने बताएका छन्। ‘दिवंगत प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। प्रदीप नेपाल र उहाँको योगदानलाई हामी सधैँ सम्झिरहने छौँ,’ उनले भनेका छन्।

पुराना वामपन्थी नेता नेपालको मङ्गलबार (आज) काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ।