प्रधानमन्त्री ओलीद्वारा मधेशमा ६४ सडकको एकैसाथ शिलान्यास

जनकपुर —   प्रधानमन्त्री केपी ओलीले मधेश प्रदेशमा एकै पटक ६४ सडकको शिलान्यास गरेका छन्।

आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रम’अन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरे।

Shivam Cement

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन्।