खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो नयाँ प्रशासनिक भवन निर्माण ायचmबििथ सुरु गरेको छ। सहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा रु ५ करोड ८७ लाख १८ हजार १३० बजेट विनियोजन गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए।
वडा नं. ५ दुर्छिमस्थित छापडाँडामा हालसम्म ट्रस भवनमार्फत सेवा प्रदान गर्दै आएको नगरपालिका अब आधुनिक संरचना निर्माणतर्फ अघि बढेको हो। निर्माण कम्पनीले १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी काम सुरु गरिसकेको छ।
शििनबार नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले प्रशासनिक भवन निर्माणको शिलान्यास संयुक्त रूपमा गरेका थिए ।
शिलान्यास समारोहमा बोल्दै नगरप्रमुख राईले प्रशासनिक भवन निर्माण योजनालाई नगरको दीर्घकालीन विकास तथा सेवा प्रवाहको आधुनिकीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको बताइन्।
भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासी पदमराज राई, भगशेर राई,
मोहनबहादुर राई, डिकशेर राईले १२ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । निःशुल्क उपलब्ध जग्गाको मूल्य रु १ करोडभन्दा बढी पर्ने बताइएको छ ।
खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकाले पनि नयाँ भवन निर्माण सुरु गरेसँगै अब सभी स्थानीय तहको आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन हुने भएको छ।
यसअघिनै दिक्तेल रुपाकोट मझुवागढीसहित जिल्लाका अन्य नौ स्थानीय तहहरूले आफ्ना प्रशासनिक भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेका छन्।



