‘एआईको विकासको लागि एआई नीति २०२५ को तयारी पूरा भएको छ’

काठमाडौँ —  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा गरेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले एआईको नीति २०२५ को तयारी पूरा भएको र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी रहेको भन्दै उक्त नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्ने बताए।

‘भविष्य केन्द्रीत र जनताको हितमा काम गर्न नेपालको धारणा एकदमै स्पष्ट छ। सरकारले एआईको विकासको लागि एआईको नीति २०२५ को तयारी पूरा भएको छ र अब मन्त्रिपरिषद्को बैठकबाट पारित हुन मात्र बाँकी छ। नीतिले नेपालको लागि नैतिक, आदर्श आधार पारिस्थितिक प्रणाली सुनिश्चित गर्छ,’ उनले भने।

Shivam Cement

मन्त्री गुरुङले आइटी र सूचना प्रविधि पारिस्थितिक प्रणालीको निर्माण गर्न हरेक प्रदेशमा आइटी कम्पनी खोलेर आइटी हब बनाउने पनि बताए। शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, आर्थिक, उद्योग र सरकारलाई पूर्ण रुपान्तरण गर्नको लागि पनि सरकारले पहल गरेको उनको भनाई छ।

उनले कानूनी, भौतिक र प्राविधिक व्यवस्थासहित आइटीलाई पूर्ण चरणका उद्योगको रूपमा स्थापित गर्ने भन्दै डिजिटल नागरिकको लागि भविष्य तयार गर्नको लागि सबै युवाहरुलाई डिजिटल कौशलता विकासको लागि एआइ तालिम वितरण गर्ने बताए।