स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु, थप विवरण आउन बाँकी

काठमाडौँ, जेठ २९ गते । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिनुभयो ।

उनका अनुसार शव अस्पताल लग्ने तयारी भइ रहेको छ । लमही ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।