संसद बैठकबाट बाहिरिए रास्वपा सांसद

काठमाडौँ — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको मागसहित संसद् अवरद्ध गर्दै आएका रास्वपाका सांसद संसद बैठकबाट बाहिरिएका छन्।

वेल घेरेर १ घण्टाभन्दा बढी समय बैठकमा उभिएका रास्वपा सांसदहरुले सत्तारुढ दलका सांसदले धारणा रान थालेपछि बैठक वहिष्कार गर्दै बाहिरिएका हुन्।

Shivam Cement

उनीहरुले विपक्षी दलका सांसदले संसदमा धारणा राख्ने बेला भने मौन भएर सुनेका थिए। सत्ता पक्षका सांसद अर्जुननरसिंह केसीले बोल्न सुरु गर्ने बित्तिकै रास्वपा सांसदहरु बाहिरिएका हुन्। र

ास्वपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा माग्दै गत जेठ १३ गतेदेखि संसद् बैठक अवरोध गरिरहेका छन्।