काठमाडौं —नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका बीचमा भेट तथा संवाद भएको छ। श्रेष्ठ र चन्दबीच बुधबार (आज) दिउँसो काठमाडौंमा भेट तथा संवाद भएको हो।
माओवादी केन्द्र र नेकपाबीच पार्टी एकता हुने चर्चा थियो तर, अहिले चन्दले त्यसमा चासो देखाएका छैनन्। यसअघि बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकताको निर्णय गरेको छ तर, चन्दले भने त्यसलाई त्यति ध्यान दिएका छैनन्।

नेकपाको स्थायी कमिटी बैठकले तत्कालै माओवादी केन्द्रसँग एकता हुन नसक्ने निष्कर्ष निकालेको थियो। यसैबीच उनीहरूका बीचमा संवाद भएको हो।



