किसानलाई मेयर बालेनले अपमानजनक अभिव्यक्ति दिएको भन्दै महासंघको आपति, स्टाटस हटाउन र माफी माग्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई किसान समुदायमाथि अपमानजनक अभिव्यक्ति दिएको भन्दै सार्वजनिक माफी माग्न अखिल नेपाल किसान महासंघले आग्रह गरेको छ ।

मंगलबार महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षरित विज्ञप्ति जारी गर्दै मेयर साहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई ‘फोहरसँग तुलना गर्दै’ दिएको भनाइप्रति गम्भीर आपत्ति जनाएको बताए ।

विज्ञप्तिमा भनिएको छ, “किसान समुदायलाई अपमानित र होच्याउने गरी दिइएको उक्त अभिव्यक्ति अत्यन्त घोर भत्र्सनीय, निन्दनीय र किसानको स्वाभिमानमाथिको आक्रमण हो ।”

महासंघले मेयर साहलाई तत्काल उक्त स्टाटस हटाउन र किसानसँग सार्वजनिकरूपमा माफी माग्न आग्रह गरेको छ । अन्यथा विरोधका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ ।

किसान महासंघले किसान देशको मेरुदण्ड भएको उल्लेख गर्दै जनप्रतिनिधिबाट किसानको श्रम र इज्जतमाथि हुने अपमान कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएको छ ।

null