काठमाडौँ – माओवादी केन्द्र छँदाका काठमाडौं महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी सोमबार दिउँसो एमालेमा औपचारिक रूपमा प्रवेश गरेका हुन् ।
भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लामालाई पार्टीको झण्डा, नेपालको झण्डा तथा खादा ओढाएर स्वागत गरेका थिए। लामा एमाले प्रवेश गरेको जानकारी उनको सचिवालयले दिएको हो।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै अध्यक्ष लामाले एमाले प्रवेश गर्न ढिलो भएको अनुभूति भएको बताएका छन्। उनले मुलुकको समृद्धि र स्थायित्वका लागि एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अब नयाँ यात्रामा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
लामासँगै माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विष्णु जोशी पनि नेकपा एमालेमा प्रवेश गरेका छन्।



