राष्ट्रपति पौडेलले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा सम्मिलित संयुक्त बैठकलाई सम्बोधन गर्न गरेका हुन् ।

यसका लागि सङ्घीय संसद्को दुबै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको सम्बोधनमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संवैधानिक व्यवस्था रहेको छ ।