काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार उनलाई काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो । उनलाई काठमाडौं जिल्ला अदालत बाट अनुमति लिएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ का पूर्व अध्यक्ष तथा हिमालयन रि–इन्स्योरेन्स लिमिटेड का निवर्तमान अध्यक्ष समेत हुन् ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा ५९ वर्षीय गोल्छामाथि धितोपत्र कानुन उल्लंघन गरेको आरोप लागेको छ ।
यस प्रकरणमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को हिरासतमा रहेका दीपक भट्ट सँग सम्बन्धित गैरकानूनी धितोपत्र कारोबारमा गोल्छाको संलग्नता रहेको आरोप छ ।
प्रारम्भिक प्रतिवेदनले गोल्छासहित हिमालयन क्यापसर्व, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका संस्था तथा रोहित गुप्ता लाई समेत कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



