ललितपुर महानगरका मेयर महर्जनको आपत्ति : “जेन–जीहरूले निर्वाचन प्रक्रिया अवरुद्ध गर्न खोजिरहेका छन्”

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेने–जीहरूले आफ्नो स्वर परिवर्तन गरी निर्वाचन रोक्न खोजिरहेकोमा आपत्ति जनाएका छन् । ललितपुर महानगरको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले यस्तो बताएका हुन् ।

महर्जनले वर्तमान अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन सम्पन्न गरी नयाँ जनभावनाअनुसार सत्ता हस्तान्तरण गर्नुपर्ने कार्यादेश पाएको उल्लेख गर्दै, पछिल्लो समय जेने–जीहरूले निर्वाचन हुन नदिने स्वर निकालिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले निर्वाचन सफल बनाउन जेने–जीहरूको सहयोग अनिवार्य रहेको र अहिले पनि उनीहरूको बुद्धि पलाउन बाँकी रहेको टिप्पणी गरे ।