कोरला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी सशस्त्रको नियन्त्रणमा

काठकाडाैं – सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार ती गाडीहरू मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति नियन्त्रणमा लिइएका हुन् ।

उक्त कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत र नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि थप दुई वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।