काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । छ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा सर्वाधिक मत प्राप्त गर्दै उनीँ नेतृत्वमा चयन भएका हुन् ।
निर्वाचनमा शालिकराम घिमिरेले १९९ मत प्राप्त गर्नुभएको थियो। यद्यपि कुल मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनी र निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेबीच दोस्रो चरणको मतदान हुने तय गरिएको थियो । गोपाल घिमिरेले पहिलो चरणमा ८७ मत प्राप्त गरेका थिए ।
तर दोस्रो चरणको मतदान सुरु हुनुअघि नै गोपाल घिमिरेले शालिकराम घिमिरेलाई समर्थन गर्ने घोषणा गरेपछि शालिकराम निर्विरोध रूपमा सभापतिमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए ।
पहिलो चरणको मतदानमा रुपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रुपन्देहीकी मञ्जु भुसालले ७१ मत तथा रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए र
गए राति सम्पन्न मतदानमा कुल ५५२ मत खसेको निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको मतदानको आवश्यकता टरेपछि शालिकराम घिमिरे लुम्बिनी प्रदेशको नयाँ सभापतिका रूपमा निर्वाचित भएका हुन् ।


