जेन्जी सहिद दिवस मनाइँदै

काठमाडौं – ‘जेन्जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर ‘जेन्जी सहिद दिवस’ मनाइँदै छ ।

गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनले मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याएको थियो । आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मानमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘जेन्जी सहिद दिवस’का अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका युवालाई सहिदका रूपमा सम्मान गर्दै उनीहरूको योगदान र बलिदानको स्मरणमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ ।