
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने तयारी गर्नुभएको छ ।
बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठले गर्नुभएको छ ।
चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित हुनुभएको थियो ।
गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाउनुभएको थियो । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।
नागरिकता विवादका कारण लामिछानेको सांसद पद गएपछि उनी स्वतः विजयी हुने बाटो खोज्दै आयोगमा निवेदन दिन लाग्नुभएको हो ।