राष्ट्रिय सभा बैठक सुरु

काठमाडौं, माघ २३ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।

सोमबार बिहान ११ बजेर ५९ मिनेटबाट सुरु भएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने छ ।

त्यस्तै, सांसद नारायण काजी श्रेष्ठले सभाका सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।