प्रचण्ड सरकारको डेढ महिना नपुग्दै पाँच मन्त्रालय नेतृत्वबिहिन

काठमाडौं, माघ २४ गते । सरकार गठन भएको दुुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा ५ मन्त्रालय रिक्त हुन पुगेको छ ।

सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न नसकेका बेला रबि लामिछाने नेतृत्वको. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारवाट बाहिरिने निर्णय लिएसँगै ५ वटा मन्त्रालय रिक्त हुन पुगेका हुन ।

जसअनुसार हालसम्म बिस्तार गर्न नै नसकेका वन तथा वातावरण तथा युवा तथा खेलकुद्सहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन् । सत्तारुढ गठबन्धन दलहरुको बिचमा सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि वन र खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन ।

यसैवेला, प्रधानमन्त्री प्रचण्ड र रास्वपा बिचमा गृह मन्त्रालयमा कुरा नमिले पछि सो पार्टी प्रचण्ड सरकारवाट गत आइतवार बाहिरिएको छ । सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता बिबादमा फैसालापछि उपप्रधान तथा गृह मन्त्री र सांसद पदको जिम्मेवारीबाट बाहिरिनुभएको थियो ।

लामिछानेले आफुले सम्हाल्दै आएको मन्त्रालय आफुले पाउनु पर्ने र नपाए पुर्व सहमति अनुसार पार्टीलाई दिनु पर्ने उहाँको मागलाई अस्विकार गरे पछि आइतवार सो पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिने निर्णय लिएको थियो ।

सो पार्टी सरकारवाट बाहिरिने निर्णय सँगै प्रधानमन्त्री प्रचण्डले यसअघि सम्हाल्दै आएको बन र खेलकुदसँगै तीन मन्त्रालयको थप जिम्मेवारी लिनु परेको हो । जसकारण २५ सदस्सीय मन्त्रीमण्डलमा हाल २ राज्य मन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्र्दै आएका छन् भने पाँच मन्त्रालय नेतृत्वबिहिन अवस्थामा छन ।