महालक्ष्मीमा पुर्ण खोप सुनिश्चितताका लागि अभिमुखिकरण सम्पन्न

ललितपुर, पुस ४ गते । महालक्ष्मी नगरपालिकामा पालिका स्तरिय पुर्ण खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न भएको छ । नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा र उपप्रमुख लक्ष्मी महर्जनको आतिथ्यतामा बुधबार सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
पालिका स्तरमा नियमित खोप सुदृढीकरण, पुर्ण खोप सुनिश्चितता दिगोपना तथा सरसफाइ प्रवद्र्धन सम्बन्धि, खोप कार्यक्रमको समग्र व्यावस्थापन, पुर्ण खोप समन्वय संचालनको लागि निति निर्माण योजना तयारि सम्वन्धि अभिमुखिकरण गरिएको थियो ।
“कार्यक्रमा नगर प्रमुख श्रेष्ठले नगर भित्रका सबै बालबालिकालाई पुर्ण खोप सुनिस्चितको दायरामा ल्यउन निर्देशन दिनुभयो” । “उहाँले खोप लगाउनबाट कोहीँ पनि बालबालिका नछुटुन र प्रत्यक वर्ष गरिदै आएको खोप सुनिश्चितता कार्यक्रम यस वर्ष पनि सफलता पूर्वका सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै शुभकाना दिनुभयो” ।
“उहाँले सोही कार्यक्रमा महालक्ष्मी नगरपालिकाले “मृगौला बचाउँ अभियान कार्यक्रम पनि सञ्चालन गर्ने जानकारी दिनुभयो” । त्यस्तै “इमाडोलमा रहेको ईमाडोल स्वास्थ्य चौकीलाई स्तरउन्नती गरि स्वास्थ्य प्रवद्र्धन केन्द्रको रुपमा विकास गरिने बताउनुभयो” । “उहाँले ईमाडोल स्वास्थ्य चौकीबाटै अव स्वास्थ्य बीमा कार्यक्रम पनि लागु गरिने बताउनुभयो” । नगरपालिकाले अहिलेसम्म वडा नम्बर ८ स्थित लुभु स्वास्थ्य चौकीबाट स्वस्थ्य बीमा कार्यक्रम गरिएको छ, उहाँले भन्नुभयो, स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन आउने दिनमा ईमाडोल र लुभु स्वास्थ्य चौकीमा कार्यक्रम गरिने छ ।
स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले प्रत्यक वर्ष पुस महिनामा नगर स्तरीय पुर्ण खोप समन्वय समितिको अभिमुखिकरण गरिसक्नुपर्ने बताउनुभयो । उहाँले पुसमा अभिमुखिकरण र माघ देखि चैत्रसम्म नगर भित्र रहेका बालबालिका जन्मे देखि पाँच वर्षमुनिकालाई पूर्णखोप सुनिश्चितताका लागि खोपको दायरामा ल्याउने अभियान सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले सो कार्यक्रमा आज नगर स्तिरिय अभिमुखिकरण सफलताका साथ सम्पन्न भएको र भोलीबाट १० वटै वडामा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम गरिने जानकारी दिनुभयो ।
खोप अभिमुखिकरण कार्यक्रको सञ्चालन जनस्वास्थ्य निरीक्षक भरत बोहरा ले गर्नुभएको थियो भने कार्यक्रको प्रशिक्षण जिल्ला खोप अधिकृत न्यौपानेले गर्नुभयो ।
कार्यक्रममा शिक्षा उप सचिव चिरञ्जीवी पौडेल, १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणी न्यौपाने,  सबै वडाका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।