बेथितीविरुद्ध चर्को आवाज उठाउँदा गाडीमा आगजनी गरियो : उपमेयर रेनुकुमारी

काठमाडौं, पुस ८ गते । महोत्तरी गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोले राम्रो कामको पक्षमा आवाज उठाउँदा आफ्नो गाडीमा आगजनी गरिएको गुनासो गर्नुभएको छ ।

समाजमा हुने बेथितीविरुद्ध चर्को आवाज उठाउँदै आएको बताउनुभएको महतोले ‘कसैको’ योजनामा आगजनी गरिएको अनुमान गर्नुभएको छ ।

‘म सधैँ बेथिती र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएकी छु,’ उहाँले भन्नुभयो, पालिकमा रहेका कतिपय जनप्रतिनिधिलाई त्यो मन नपरेको हुन सक्छ ।’ आफ्नो आवाजलाई धम्काएर दबाउन खोजिएको भन्दै उहाँ चुप लागेर नबस्ने बताउनुहन्छ ।

उप–मेयर महतोको गाडीमा आइतबार बिहानै साढे दुई बजे आगजनी भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ।

महोत्तरीका डिएसपी तथा सूचना अधिकारी दिलीपकुमार गिरीकाअनुसार गौशाला नगरपालिका वार्ड नम्बर १ रामनगरस्थित घर अगाडी पार्किङ गरेर राखेको गाडीमा आगजनी गरिएको छ। प्रहरीले घटनास्थल पुगेर सबै जानकारी लिइसकेको छ ।

प्रहरीका अनुसार उनको प्रदेश २, ००२–००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो। गाडीको पछाडिको भाग जलेको प्रहरीले जानकारी दिएको छ।

आगजनी गर्ने व्यक्तिहरूको खोजी भइरहेको डिएसपी गिरीले जानकारी दिए।प्रहरीका अनुसार उनको प्रदेश २, ००२–००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो। गाडीको पछाडिको भाग जलेको प्रहरीले जनाएका छ ,।