काठमाडौं महानगरमा पनि अब स्वास्थ्य बीमा सञ्चालन

काठमाडौं, पुस ११ गते । काठमाडौं महानगरपालिकाले पनि अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुभएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको थियो ।

स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ ।

‘बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्द्ध केन्द्रलाई शोध भर्ना गर्नेछ’ महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब महानगरपालिकाभित्रका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरु बीमा बोर्डमा सूचीकृत हुनेछन् र बीमा अन्र्तगको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ‘यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ’, पौडेलले भन्नुभयो, ।