केही दिन भित्रै मेलम्चीको पानी सुरुङमा हाल्छौँ

काठमाडौं,पुस २६ गते । मेलम्चीको पानी माघको पहिलो सातामै काठमाडौं उपतयकामा आईपुग्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार यसअघि भनिएजस्तै माघ महिनाको पहिलो साताबाट काठमाण्डूमा पानी आइपुग्ने छ ।

समितिका अनुसार अहिलेसम्म ८०/८५ प्रतिशत काम सकिइसकेको छ र अबको एक सातामा पानी काठमाडौं आउँनेछ । दुई वर्षअघिको असार र साउन महिनामा आएको बाढीले हेडवर्क्स भनिने मुहानमा क्षति पु-याएको थियो ।

पुसको पहिलो साता तय गरिएको कार्य तालिका अनुसार नै अहिलेसम्म सुधारका कामहरू गर्ने र हेडवर्क्स सफा गर्ने कामहरू भइसकेको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

“अहिलेसम्म ८०÷८५ प्रतिशत काम भइसकेको छ, उहाँले भन्नुभयो, हाम्रो लक्ष्य माघ १ गतेबाट पानी दिने नै हो । अब केही दिन भित्रै पानी सुरुङमा हाल्छौँ। त्यसपछि प्रशोधन गरेर घरघरमा उपलब्ध गराउने हो,“ समितिका प्रवक्ता पन्तले भन्नुभयो ।

ठेकेदार कम्पनी सिनो हाइड्रोले जानकारी दिए अनुसार यसअघि तय गरिएको २८ दिनको कार्य तालिका अनुसार नै काम भइरहेको समितिको भनाइ छ ।