‘सडक दस्तुर उठाउने (कार्यविधि) नियमावली-२०८१’ लागु गर्दै सडक बोर्ड नेपालले सडक उपयोग दस्तुर उठाउन ठाउँठाउँमा स्वचालित गेट प्रयोग गर्ने भएको छ । बाँसको तगारोले सडक छेकी, मान्छे बसेर गाडी चालकसँग नगद सकंलन नगर्ने योजनासहित कार्यविधि स्वीकृत भएको हो र १७ जेठमा मन्त्रिपरिषद बैठकले विद्युतीय प्रविधिबाट सडक दस्तुर उठाउने नियमावली स्वीकृत गरिसकेको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिएका हुन् ।
केसीका अनुसार ९५ प्रतिशतभन्दा बढी सडक दस्तुरको संकलन नगदमा नगरी विद्युतीय भुक्तानी हुने व्यवस्था मिलाउन लागिएको र नियमावलीअनुसार बिपी राजमार्गको सिन्धुलीबाट विद्युतीय प्रविधिको टोल गेट राखेर विद्युतीय माध्यमबाट दस्तुर उठाउने प्रविधिको सुरुवात भइसकेको छ । प्रयोगको रुपमा प्रविधि सुरु गर्न बजेट समेत विनियोजन गरिएको उनले बताए ।