कीर्तिपुरको उपचुनावमा तीनजना पीएचडी डाक्टरको भिडन्त

काठमाडौँ —  आगामी मङ्सिर १६ गते देशभर हुँदै गरेको उपनिर्वाचनको मिति नजिकिएसँगै निर्वाचन हुने पालिकाहरूमा निर्वाचन लक्षित सरगर्मी बढ्दै गएको छ। यस उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकालाई निर्वाचनको ईपि सेन्टर को रुपमा लिईएको छ। कीर्तिपुर नगरपालिकामा मेयर र दुई वडा अध्यक्षको लागि उपचुनाव हुँदैछ। मेयर पदको लागि ९ जना दलका र ११ जना स्वतन्त्र गरी २० जनाबीच प्रतिस्पर्धा रोचक हुदैछ। अधिकांश प्रमुख दलका नेताहरूले कीर्तिपुरको चुनावलाई अर्थपूर्ण रूपमा हेरिरहेका छन्। स्वतन्त्र राजनीतिक विश्लेषक हरुका अनुसार यो चुनावलाई दल र स्वतन्त्र बीचको प्रतिस्पर्धाको रुपमा लिएर दलहरूको धरातल मापन गर्ने प्रक्रियाको रुपमा बुझ्दैछन्। यो दलहरू मतदाताहरूको कशीमा घोटीने प्रक्रिया हो। भनेर बुझ्ने जनताको सङ्ख्या पनि बाक्लै छ।

Laxmi sunrise bank 2034

देशकै पहिलो विश्वविद्यालय रहेको कीर्तिपुर नगरपालिकालाई बौद्धिक वर्गको थलोको रुपमा चिन्ने गरिन्छ। यसैकारण पनि हुनसक्छ अहिलेको उपनिर्वाचनका मैदानमा दलका दुई जना र स्वतन्त्र एक गरी ३ जना विद्यावारिधि गरेका उम्मेदवार हरु मेयरको पदमा प्रतिस्पर्धारत छन्। नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर नेकपा माओवादी केन्द्रका प्रा डा शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार डा. नवरथ बानिया चुनावी मैदानमा एकैसाथ होमिएका छन्। चुनावी प्रतिस्पर्धामा उनिहरू तीनैजना अगाडि देखिएका छन् । यसपटकको चुनावमा जनतामा छाएको दलप्रतिको वितृष्णा स्पष्ट देखिन्छ र अझ फैलिदो क्रममा छ। दलहरूले आफ्ना उम्मेदवारलाई भोट दिनुपर्नेका कारण प्रस्ट्याउन सकेका छैनन्। स्वतन्त्रको माग बढेसँगै आएको डा. बानियाको उम्मेदवारीको चर्चा चुलिँदो छ। यसैकारण पनि यो निर्वाचनलाई दल र स्वतन्त्र बीचको मिनी जनमत संग्रहको रुपमा लिनेको संख्या पनि प्रशस्तै छ।
नेकपा एमालेबाट उम्मेदवारी दिएका एमालेका केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर पहिलो संविधान सभाको चुनावमा कमरेड प्रचण्डसँग पराजित भएका थिए। आफ्नो दलभित्रका असन्तुष्ट आकांक्षाहरुलाई पन्छाउँदै टिकट हात पारेका डा. मानन्रधलाई पार्टी मिलाएर जनतामा जान अरु धेरै उर्जा खर्च गर्नुपर्ने आकलन गरिएको छ। नेकपा माओवादी केन्द्रका डा. शिवशरण महर्जन स्थानीय तह निर्वाचनमा दिवंगत मेयर राजकुमार नकर्मीसँग पराजित भएका थिए। माओवादी केन्द्रको खस्कदो छविका कारण भोट घट्ने देखिएपछि डा. महर्जन समाजवादी मोर्चाको नाममा चुनावमा होमिएका छन्। उनी पहिले तेस्रो स्थानमा हुँदा प्राप्त गरेको मत घट्ने डरले , सो भोट जोगाउने ध्याउनमा छन्। स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका डा. नवरथ बानिया शिक्षा क्षेत्र र सामाजिक सेवामा समर्पित व्यक्तित्व हुन्। उनी गैर नेवार भइकन पनि नेवारी संस्कृतिमा एकाकार भएको व्यक्ति हुँदा उनको सर्व स्वीकार्यता अरुभन्दा बढी देखिन्छ ।पहिलोपटक चुनावी मैदानमा होमिएका डा.बानिया दलहरूप्रति असन्तुष्ट भोटकै कारण पनि चुनावी रेशमा अगाडि नै छन्। एउटा चुनावमा तीनजना विद्याबारिधी गरेका बौद्धिक व्यक्तित्वहरूबीच हुने प्रतिस्पर्धा रोचक हुने र चुनावमा स्वतन्त्रको सम्भावना अरु बलियो हुँदै गएको जानकारहरु बताउँछन्। २०७९ सालमा कांग्रेसले clean sweep गरेको कीर्तिपुर नगरपालिकामा कांग्रेसको मेयरको मेयर र वडा अध्यक्षहरूको कार्यशैलीका कारण रुष्ट जनता का तथष्ट भोट हरु कांग्रेसको पोल्टाबाट स्वतन्त्रको पोल्टामा पर्ने छाटकाँट बढ्दै गएको छ।

Nabil bank

अघिल्लो स्थानीय तहको निर्वाचनमा देशका विभिन्न पालिकाहरूमा जितेका स्वतन्त्र उम्मेदवारहरूको कार्यशैली का कारण जनताको रुझान स्वतन्त्र प्रति ढल्किएको हो। यसले स्वतन्त्र उम्मेदवारलाई अरु आशावादी बनाएको छ। स्वतन्त्र उम्मेदवारहरूमध्ये अग्रपंक्तिमा रहेका डा. बानियाको छबि र व्यक्तित्वकै कारण पनि स्थानीय तहमा विजयी हुने सम्सभाना सम्भावना बलियो बन्दै गएको देखिन्छ।

अन्य स्वतन्त्र उम्मेदवारहरूको छवि र कार्यकुशलता मतदाता आश्वस्त हुने प्रकारका छैनन्, लहडमा उठेका वा दलका डमी उठाइएका जस्ता देखिन्छन्।