७ म्याग्निच्युडको भूकम्पको धक्का, नेपालमा ठुलो धक्का महशुस

काठमाडौँ —  नेपालमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको हो । भूकम्पले काठमाडौं उपत्यकासहित नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको थियो ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।