नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं  —  नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।

बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। चैत ५ गतेदेखि रिक्त एआईजीमा एक महिना ढिला गरी सिफारिस गरिएको हो।

Laxmi sunrise bank 2034

एआईजी बढुवा हुनेमा चन्द्रकुवेर खापुङ पहिलो नम्बरमा छन्। त्यसपछि क्रमशः लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी सिफारिस भएका छन्।

उनीहरूलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको हो।