दलित समुदायले पुजा गर्नखोज्दा पुजारीले मन्दिरको ढोका लगाइदिएपछि…

ओखलढुंगा, फागुन ७ गते । महाशिवरात्रीका दिन दलित समुदायहरुलाई ओखलढुंगाको एक शिव मन्दिरमा पुजा गर्न रोग लगाईएको छ । जिल्लाको जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर ४ रुम्जाटारस्थित शिव मन्दिरमा महाशिवरात्रीका दिन पूजा गर्न दलित समुदायका ब्यक्तिलाई रोक लगाईएको हो । विभेदमा परेका छन्।

स्थानिय शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उहाँकी आमालाई मन्दिरमा पूजा गर्नबाट रोक लगाईएको थियो । गजमेर मन्दिरमा गएर प्रतिवाद गरेपछि गुरुङले मन्दिरको गेट लगाएका थिए । यो घटना सञ्चारमाध्यममा सार्वजनिक गर्ने भनेपछि अगुवा गुरुङले ढोका खोलेको उहाँले बताउनुभयो ।

यसअघि पनि महाशिवरात्रीको अवसरमा पुजाआजा गर्न आएका दलीत समुदायका ब्यक्तिहरुलाई मन्दिरको रेखदेख गर्दै आएका अगुवा लक्ष्मण गुरुङलगायतले अवरोध गरेका छन् । पुजाआजका लागि आएका अन्यलाई सहजीकरण गरेका गरिरहेका गुरुङले दलित समुदायका ब्यक्ति आउनासाथ मन्दिरमा पुजाआजा गर्न मिल्दैन भनेर रोक लगाएको थिए । कुष्णकुमारीको आमालाई पनि रोक लगाए पछि उहाँले भने पतिवाद गर्नुभएको थियो ।

सो घटना सार्वजनिक भए पछि मन्दिरका पुजारीलाई जुठो परेकाले पूजाआजा नभएको तर मन्दिरमा रोक नलगाएको भन्दै गुरुङले जवाफ दिएको अधिकारकर्मीहरुले जनाएका छन ।