काठमाडौं – सोलुखुम्बुको लुबुचेमा आज बिहान अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट लुबुचे गइरहेको उक्त हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।
उनका अनुसार हेलिकप्टरमा पाइलट मात्रै सवार थिए । अवतरणका क्रममा चिप्लिएर दुर्घटना भए पनि पाइलटको सकुशल उद्दार गरिएको उनले बताए ।
प्रवक्ता शेर्पाका अनुसार हेलिकप्टरमा ठूलो क्षति नभए पनि थप विवरणका लागि टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।



