प्रतितोला २१ सयले घट्यो सुनको भाउ

काठमाडौँ – बुधबार सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो, जसमा प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड कायम भएको थियो ।

सुनको भाउ घटे पनि चाँदीमा भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ३ हजार १७० रुपैयाँ थियो ।

असोज ३१ गते चाँदीको भाउ पनि हालसम्मकै उच्च प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।