मधेशका खेतबारीमा जंगली जनावरको आतंक, बदेल लखेट्न खेतमै सुत्छन् किसान

१२ माघ, धनुषा। धनुषाको बटेश्वर गाउँपालिका–१ का शिवकुमार महतोले माघ १ गते मकर संक्रान्ति मनाउन तिल, चिउरा, मुरही लगायतका खानेकुरा तयार पारे । आफू खान र आफन्तमा कोसेली बाँड्न तयार पारेको सामग्री बाँदरले नष्ट गरिदिने डरले कोठामा ताल्चा लगाएर राखे ।

त्यसपछि उनी खेतीबाली कुर्न खेततिर गए । खेतमा पुग्दासम्म बाँदरले बालीनाली तहसनहस पारिसकेको थियो । निराश भएर घर फर्किएका शिवकुमारले ढोका खोलेर हेर्दा बाँदरले भित्र पसेर विहान तयार पारेको सबै खानेकुरा खाइसकेछ । ती बाँदरहरु घरको छानोको खपडा उप्काएर भित्र पसेका रहेछन् ।