काठमाडौै – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै कर्णाली प्रदेश मा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।
नयाँ शैक्षिकसत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट चार लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनाल ले जानकारी दिनुभयो।
उहाँका अनुसार नेपालगञ्ज कार्यालयमार्फत कर्णाली प्रदेशका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्लामा पाठ्यपुस्तक वितरण गरिन्छ।
त्यसैगरी लुम्बिनी प्रदेश का रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके सहित कुल १० जिल्लामा पाठ्यपुस्तक आपूर्ति हुँदै आएको उहाँले बताउनुभयो।
नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै दुर्गम जिल्लामा पुस्तक पुर्याउने लक्ष्यअनुसार वितरण कार्य तीव्र रूपमा अघि बढाइएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।



