काठमाडौं – नेपालका २० वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार निक्षेपतर्फको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ । वैशाख महिनाको तुलनामा व्यक्तिगत तथा संस्थागत दुवै मुद्दति निक्षेपको अधिकतम औसत दर घटेको हो।
सार्वजनिक तथ्यांकअनुसार व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ।
त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा झरेको छ।
बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै जानु, कर्जा विस्तार अपेक्षाअनुसार नबढ्नु तथा आधार दर घट्दो क्रममा रहनुले ब्याजदर घटाउने दबाब सिर्जना भएको विश्लेषण गरिएको छ।
ब्याजदर घटाउने बैंकमध्ये एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक ले व्यक्तिगत मुद्दति निक्षेपतर्फको ब्याजदर ०.२५ प्रतिशत बिन्दुसम्म घटाएका छन्।
त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंक ले पनि ब्याजदर घटाएका छन्।
यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको र कर्जा माग अपेक्षाअनुसार विस्तार हुन नसकेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
घट्दो प्रवृत्तिबीच सिद्धार्थ बैंक ले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत कायम गरेको छ।
त्यस्तै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले संस्थागत मुद्दति निक्षेपतर्फको ब्याजदर ०.५ प्रतिशत बिन्दुले वृद्धि गरेको छ।
२० वाणिज्य बैंकमध्ये १२ बैंकले भने वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन्। यसले बजारमा अचानक ब्याजदर घटाउनेभन्दा स्थायित्व कायम गर्ने रणनीति अपनाएको देखिन्छ।
निक्षेपको ब्याजदर घटेसँगै आगामी महिनामा कर्जाको ब्याजदरमा समेत केही कमी आउन सक्ने अपेक्षा गरिएको छ। बैंकहरूको आधार दर घट्दै जाँदा घरकर्जा, व्यवसायिक कर्जा तथा अन्य ऋणको लागत केही सस्तो हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि निजी क्षेत्रको लगानी विस्तार, आर्थिक गतिविधिको गति र कर्जाको मागले आगामी दिनमा ब्याजदरको दिशा निर्धारण गर्ने



