ग्रामीण चलचित्र महोत्सव वैशाखमा, चलचित्र दर्ता आह्वान

काठमाडौं, फागुन २१ गते । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण आउँदो वैशाखमा हुने भएको छ ।

सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पु-याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामिण कथावस्तुमा बनेका चलचित्र समावेश गरिने छ । महोत्सवको लागि चलचित्र दर्ता आह्वान गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरुलाई विश्वमाझ पु¥याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाको भनाई छ । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ।

गत वर्ष गोरखाको लाप्राकमा महोत्सव गरिएको थियो ।