सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

काठमाडौं, चैत २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । सांसद श्रेष्ठको दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको हो ।

आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको छ ।

सो अडिओ सार्वजनिक भएपछि उहाँलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी गराउनुभयो ।

‘हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ उहाँले भन्नुभयो, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं । कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’

उहाँ समानुपातिकतर्फबाट रास्वपा सांसद हुनुभएको थियो ।