पाल्पाको जोरधारामा बस दुर्घटना

बुटवल, बैशाख १० गते । पाल्पाको जोरधारामा बस खसेर दुर्घटना भएको छ ।

बुटवलबाट पाल्पा हुँदै बाग्लुङका लागि छुटेको लु १ ख ६९५६ बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार हाल उद्धार जारी छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।